हाम्रो बारेमा

हाम्रो बारेमा

स्वराज अभियान नेपाल एक सामाजिक संस्था हो। नेपालमा संघियराज्य स्थापना र त्यसको व्यवस्थापनको लागि सामाजिक अभियान संचालन गर्नु यसको मुख्य उद्देश्य हो। नेपाल एक बहुराष्ट्रिय राज्य (Multi Nation State) भएको हुदा स्वरजको चाहना राख्ने सबै जातीहरुलाई (Nations) समन्वय गरि स्वशासन सहितको संघिय राज्य निर्माण गर्न राष्ट्रिय स्तरमा अभियान संचालन गर्नु यसको काम हो। सामाजिक र संस्कृतिक अभियान मार्फत नव नेपाल निर्माण तथा वास्तविक एकीकरण अभियान संचालन गर्नु यसको प्रमुख काम हो।

हाम्रो उद्देश्यहरु

१.स्वराजको आकांछा राख्ने सबै जातिहरु (राष्ट्रहरु) लाई समन्वय र सहकार्य गराई स्वशासनको ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने गराउने ।
२. संघियता, समाबेशी र स्वशासनलाई सम्बैधानिक ब्यवस्थापन गराउन आवश्यक सहयोग गर्ने गराउने ।
३. यस अभियानसंग आवद्ध ब्यक्ति, संघसंस्था, संगठन वा राजनितिकदलहरुलाई समन्वय गराई स्वराज प्राप्तीका लागी अग्रसर गर्ने गराउने ।
४.स्वराज मानवजातिको जन्मसिद्ध अधिकार हो । यसलाई फलिभुत गर्न जनतालाई जागरुक गराउन र सरकार माथि दबाव समुहको रुपमा काम गरी स्वराजको प्रत्याभुति गराउने ।
५. स्वराजको प्रत्याभुति गराउन र राज्यको हरेक ईकाईमा समाबेशी प्रतिनिधित्वका लागि सधै संघर्षरत रहने ।
६. स्वराजको स्थापना तथा प्रत्याभुतिकालागि केन्द्र देखी गाउं सम्मको स्वराज स्थापनामा हरेक प्रकारले सहयोग र समर्थन गर्नु यस अभियानको उद्धेश्य हुने छ ।